थपिए ३९१५ संक्रमित, २११८ जना संक्रमणमुक्त, २७ को मृत्यु
कोरोनाका सक्रिय संक्रमितमध्ये ७३६ जनाको आइसीयुर १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।
काठमाडौं, साउन २९ : पछिल्लो २४ घन्टामा ३,९१५ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७,२८,५३२ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा २,११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६,७९,४९५ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण २७ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १०,२३९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८,७९८ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३५,५१८ जना होम आइसोलेसनमा छन् भने ३,२८० जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका सक्रिय संक्रमितमध्ये ७३६ जनाको आइसीयुर १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।
प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789386172.jpg)






-1789386172.jpg)