ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश
अधिवक्ता प्रवेश केसीले ज्येष्ठ नागरिकलाई सहज रूपमा कोरोनाविरुद्धको खोप दिने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेश माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए।
काठमाडौं, साउन २९ : सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलगायत खोप केन्द्र जान नसक्ने नागरिकलाई घरघरमै पुगेर कोरोनाविरुद्धको खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, बिस्तरामा रहेका हिँडडुल गर्न नसक्ने नागरिक, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेलाई घरघरमै खोप सेवा दिन आदेश दिएको हो।
अधिवक्ता प्रवेश केसीले ज्येष्ठ नागरिकलाई सहज रूपमा कोरोनाविरुद्धको खोप दिने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेश माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए।
हेर्नुहोस् आदेशः
प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1789386172.jpg)

-1789386172.jpg)