Kathmandu Press

तोडमोड गरी समाचार आएको भन्दै कांग्रेस सहमहामन्त्री महतको आपत्ति

काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई...
तोडमोड गरी समाचार आएको भन्दै कांग्रेस सहमहामन्त्री महतको आपत्ति

काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकाेमा आपत्ति जनाएक छन्। 

प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहँुदा गरेका राम्रा कामलाई उल्लिखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित  परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सहमहामन्त्री डा. महतको भनाइ छ।
 
‘प्रधानमन्त्री वा उहाँका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागे उहाँको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थलले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने तथा त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो ?’ भनेर उक्त छलफलमा जिज्ञासा मात्र राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
     
‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिकरुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्छु,’ उनले विज्ञप्तिमा जनाएका छन्। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्