Kathmandu Press

अमर्यादित शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं, साउन २९ : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेकाे ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद सचिवालयको...
अमर्यादित शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं, साउन २९ : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेकाे ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। 

माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गरेका थिए। उनले बोल्नेबित्तिकै प्रमुख सचेतक भट्टराईले बिहीबारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाएका थिए।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले आसनग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएा थिए।

उनको भनाइपछि सभामुख सापकोटाले भने, “नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।” 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्