Kathmandu Press

कान्दहारसहित दुई सहर कब्जा गरेको तालिबानको दाबी

काबुल, साउन २९ : अफगानिस्तानमा एकपछि अर्को गरी सहर कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको...
कान्दहारसहित दुई सहर कब्जा गरेको तालिबानको दाबी

काबुल, साउन २९ : अफगानिस्तानमा एकपछि अर्को गरी सहर कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ।

शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन्। आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन्।
    
यस सहर नियन्त्रणमा लिएर आफूहरुले ठूलो सफलता हासिल गरेको पनि उनीहरुको दाबी छ। दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन् । 

त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो। त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो।

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो। त्यसैले उनीहरुले यसलाई ठूलो उपलब्धि भनेका हुन्। अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो।

पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ। यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो।

उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन्।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्