Kathmandu Press

अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

बेइजिङ, साउन २९ : चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।  वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी...
अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

बेइजिङ, साउन २९ : चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।  

वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन्। 

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन्।

वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन्। 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, साउन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्