केन्द्रीय कमिटीअघि माओवादी स्थायी समिति बैठक
माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार अपराह्न बस्ने भएको छ ।
काठमाडौं, साउन २९ : माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार अपराह्न बस्ने भएको छ ।
अपराह्न ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । शनिबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ ।
त्यसैको तयारीका लागि स्थायी समिति बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघि २० साउनका लागि तय भएको केन्द्रीय कमिटी बैठक शनिबारका लागि सारिएको छ । स्थायी समितिमा छलफल हुने विषयहरू सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789386172.jpg)






-1789386172.jpg)