Kathmandu Press

अनशनरत गोर्खाहरूको न्यायका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ : सांसद संग्रौला

काठमाडौं, साउन २० : कांग्रेस संसद डा. डिला संग्रौलाले लन्डनमा आमरण अनशन बसिरहेका गोर्खा सैनकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड...
अनशनरत गोर्खाहरूको न्यायका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ : सांसद संग्रौला

काठमाडौं, साउन २० : कांग्रेस संसद डा. डिला संग्रौलाले लन्डनमा आमरण अनशन बसिरहेका गोर्खा सैनकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरूलाई मर्का पर्दा साथ दिनु अरू सबै नेपालीको दायित्व  भएको बताइन्।  

नेपाल तथा ब्रिटेनबीच शताब्दीभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको र त्यसको जग भनेको गोर्खा सैनिक भएको उललेख गरिन्।

संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसिरहेका जानकारी उनले दिइन्।

उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएकाले तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्ने, वार्ताको मिति र स्थान तोक्ने पहल गर्न नेपाल सरकारलाई उनले आग्रह गरिन्।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्