चीनको आधा जनसंख्यालाई कोभिड-१९ विरुद्ध पूर्ण खोप
चीनले आफ्नो करिब आधा जनसंख्यालाई कोभिड-१९ विरुद्ध खोप दिएको जनाएको छ।
बेइजिङ, साउन २९ : चीनले आफ्नो करिब आधा जनसंख्यालाई कोभिड-१९ विरुद्ध खोप दिएको जनाएको छ ।
अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएअनुसार ७७ करोड ७० लाख जनसंख्याले पूर्ण खोप प्राप्त गरेको छ ।
चिनियाँ स्वास्थ्य आयोगले बिहीबार सार्वजनिक गरेको तथ्यांकले चीनमा कोभिड-१९ विरुद्ध खोप तीव्र रूपमा लगाइएको देखाएको हो ।
चीनमा हाल करिब एक अर्ब ४० करोड जनसंख्या अनुमानित छ ।
कोभिड-१९ महामारी चीनकै वुहानबाट सुरु भएको हो । चीनले नै महामारीविरुद्धको खोप उत्पादनलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ ।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












