Kathmandu Press

पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा, साउन २९ : पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका २ हजार ५ सय पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।पोखराको विभिन्न पाँच स्थानमा पर्यटन...
पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा, साउन २९ : पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका २ हजार ५ सय पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घसंस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए। 

उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउन्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेन्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए। 

उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए। उनले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए। उनका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन्। 
 
गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए।

मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एसोसिएसन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए० इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), टे«किङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिनुभयो।

परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले ‘नो भ्याक्सिन, नो टुरिजम’ भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्