लुम्बिनी सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण
सूर्य चिह्न लिएर चुनाव जितेका तथा कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ।
काठमाडौं, साउन २९ : सूर्य चिह्न लिएर चुनाव जितेका तथा कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ ।
लुम्बिनी प्रदेशसभामा एमाले संसदीय दलले शाहीसँग स्पष्टीकरण सोधेको हो । मंसिर ०७४ मा भएको निर्वाचनमा उनी परासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सूर्य चिह्न लिएर उनी विजयी भएका थिए । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिमण्डलमा उनले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल हुने प्रदेशसभाको विशेष अधिवेशनमा अनुपस्थित हुने दलको निर्णय र ह्विप उल्लंघन गरी भाग लिएको उल्लेख गर्दै उनलाई स्पष्टीकरण सोधिएको छ ।
हृदयेश त्रिपाठीनिकट हुन् शाही । र, आफूले सूर्य चिह्नबाट चुनाव लडे पनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताएका छन् ।




-1789386172.jpg)






-1789386172.jpg)