ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
धनगढी, साउन २९ : कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।गएराति से १ ख...
धनगढी, साउन २९ : कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
गएराति से १ ख ८५१ नम्बरको ट्रक कैलालीको गोदावरीमा दुर्घटना भएको हो। दुर्घटनामा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका बासिन्दा हुन्। उनी सरसामान लगेर धनगढीबाट डडेल्धुरा जाँदै थिए।
उनी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जनाएको छ।
दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन्। उनी ट्रकका सहचालक हुन्।
प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789386172.jpg)






-1789386172.jpg)