मलेसियामा माेटरसाइकल दुर्घटनामा दुई नेपाली युवकको मृत्यु
कञ्चनपुर, असार २९ : मलेशियामा दुई नेपाली युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनि....

कञ्चनपुर, असार २९ : मलेशियामा दुई नेपाली युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहालको मृत्यु भएको जनाएको छ।
मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा शुक्रबार दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए।
दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। उनीहरूको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए।
प्रकाशित मिति: १०:४७ बजे, आइतबार, असार २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











