आज देशभर वर्षा हुने, केही स्थानमा भीषण वर्षाको सम्भावना
काठमाडौं, साउन २९ : आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भीषण...
काठमाडौं, साउन २९ : आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।




-1789386172.jpg)






-1789386172.jpg)