Kathmandu Press

महाकाली नदीको तटीय समुुदायको विकास र सचेतनामा वृद्धि ल्याउने उद्देश्यले गरिएको सम्मेलनको समापन

काठमाडौं, साउन २८ : महाकाली नदीका तटीय समुुदायको लागि विकास र सचेतनामा वृद्धि ल्याउन गरिएको तीन दिने ‘अन्तर्राष्ट्रिय युुवा सम्मेलन’ सम्पन्न भएको छ...
महाकाली नदीको तटीय समुुदायको विकास र सचेतनामा वृद्धि ल्याउने उद्देश्यले गरिएको सम्मेलनको समापन

काठमाडौं, साउन २८ : महाकाली नदीका तटीय समुुदायको लागि विकास र सचेतनामा वृद्धि ल्याउन गरिएको तीन दिने ‘अन्तर्राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न भएको छ ।

अन्तरदेशीय सिमा नदीको सामुदायिक सदुुपयोग परियोजना (ट्रोसा) अन्तर्गत पानी सुशासन र दीगो विकास लक्ष्यमा युवाहरुको भुमीका विषय भर्चुअल अन्तर्राष्ट्रिय युुवा सम्मेलन गरिएको हो । तीन दिनसम्म चलेको कार्यक्रममा अन्तरदेशीय सीमाको पानी दीगो विकासको  लक्ष्यमा युवा पुस्ताको सहभागिता, तटीय समुदायको लागि स्थानीय तहको भुमिक र स्थानीय तह र निजी क्षेत्रको सहयोग र योजनाको विषयमा वृहत छलफल भएको छ ।

तटीय समुदायको जीवनस्तर उकास्न स्यानीय तह र गैरसरकारी संस्थाको पहलमा मात्र पर्याप्त नहुने बताउँदै युवा पुस्ता, नीजि क्षेत्र र स्थानीय तह सामुहिक रुपमा लागि पर्नुपर्ने र सामुहिक रुपमा अगाडी वढ्नुपर्ने रुडुककी संस्थापक अध्यक्ष डा. आरजु राणाले बताइन् । यस्तै, ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को राष्ट्रिय निर्देशक डा कृष्ण कुमार श्रेष्ठले नीजि क्षेत्र र स्थानीय तहको सहकार्यमा महाकाली नदी र तटीय क्षेत्रको बासिन्दालाई पूर्वधार, क्षमता वृद्धिको कार्यक्रम अगाडि बढाउन सक्ने बताए ।

कार्यक्रमा नेपाल, बंगलादेश, म्यानमार, भारतका गंगा, ब्रहापुत्र र मेघना बेसीन अन्तर्गतका तटीय समुदायको विषयमा स्थानीय तह, ट्रोसा, रुडुकले गरेको विकास, सचेतना कार्यक्रम र योजनाको विषयमा छलफल गरिएको थियो । महाकाली नदीको तटीय समुदायको लागि गरिएको विकासका काम र योजना, युवाको भुमिकाको बारेमा नेपाल, भारत, म्यानमार, बंगलबादेशबाट विभिन्न प्रतिनिधिहरु तथा ट्रोसाका सदस्यले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष डा. देउवाको उपस्थितिमा साउन २६ गते मंगलबार देखि सुरु गरिएको कार्यक्रम अक्सफाम नेपालसँगको सहकार्यमा महाकाली नदी बेसिन क्षेत्रमा ट्रोसा कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्था रुडुक, रुडेस, निड्स र सीआरडीले आयोजना गरेको हो । 

प्रकाशित मिति: २१:४५ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्