Kathmandu Press

लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलबाट पछाडि हटे भारत-चीन दुवैका सैनिक 

नयाँदिल्ली, साउन २८ : भारत र चीन दुवैका सैनिक लद्दाखको पूर्वी क्षेत्र गोगरा हाइट्सबाट पछि हटेका छन्। दुवै देशका सैनिकहरू आफ्नो स्थायी आधारमा...
लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलबाट पछाडि हटे भारत-चीन दुवैका सैनिक 

नयाँदिल्ली, साउन २८ : भारत र चीन दुवैका सैनिक लद्दाखको पूर्वी क्षेत्र गोगरा हाइट्सबाट पछि हटेका छन्। दुवै देशका सैनिकहरू आफ्नो स्थायी आधारमा फर्किएको भारत सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीका अनुसार गोगरा हाइट्स क्षेत्रमा दुई पक्षले एक सम्झौता गरेका छन्।

दुवै पक्षले पूर्वी लद्दाखको पेट्रोल पोइन्टनजिकको क्षेत्र खाली गरेका छन्। विगत एक वर्षभन्दा अघिदेखि उक्त क्षेत्रलाई लिएर दुई देशबीच झडप हुँदै आएको थियो। बग्चीका अनुसार भारत र चीन एलएसीनजिकै रहेका बाँकी मुद्दा समाधानको लागि वार्ता गर्न प्रतिबद्ध छन्। 

साथै, यसले दुई पक्षीय सम्बन्धलाई अगाडि बढाउनमा मद्दत पुग्ने उनको विश्वास छ। यसअघि भारत र चीनले अगस्ट २ मा संयुक्त वक्तव्य जारी गर्दै दुई देशबीच एलएसीबाट सेना हटाउनेबारे वार्ता भएको जनाएका थिए।

प्रकाशित मिति: २१:०४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्