गण्डकी प्रदेशमा कांग्रेसले फेर्यो दलका पदाधिकारी, प्रमुख सचेतकमा गौतम र सचेतकमा मल्ल चयन
काठमाडौं, साउन २८ : नेपाली कांग्रेस संसदीय दलले गण्डकी प्रदेश सभाको प्रमुख सचेतक र सचेतक परिवर्तन गरेको छ । यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला...
काठमाडौं, साउन २८ : नेपाली कांग्रेस संसदीय दलले गण्डकी प्रदेश सभाको प्रमुख सचेतक र सचेतक परिवर्तन गरेको छ ।
यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतमलाई प्रमुख सचेतक बनाएको छ भने सचेतकको जिम्मेवारी स्याङ्जाका भागवतप्रकाश मल्ललाई दिएको छ ।
प्रदेशमा कांग्रेसले सत्ताको नेतृत्वमा गएपछि मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई जिम्मेवारी तोकेका हुन् ।
गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका हुन् । यसरी प्रमुख सचेतक र सचेतक बनेका दुबै जना मन्त्रीका आकाँक्षी रहेका थिए ।
प्रकाशित मिति: २१:०१ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789386172.jpg)






-1789386172.jpg)