Kathmandu Press

बंगलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

ढाका, साउन २८ : बंगलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै...
बंगलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

ढाका, साउन २८ : बंगलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय  गरेको हो। 

पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ। सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ।

परिपत्र अनुसार, कोभिड–१९सुरक्षा नियमको उल्लङ्घन गरेमा सरूवा तथा सङ्क्रामक रोग नियन्त्रण कानून अनुसार जरिवानादेखि जेल सजायसम्म हुने बताइएको छ।

बंगलादेशले लकडाउनसम्बन्धी धेरै जसो प्रतिबन्ध हटाएको एक दिनपछि यो घोषणा भएको हो । बङ्गलादेशमा सार्वजनिक यातायात, कार्यालय र व्यापारिक बजार पुनः खोल्न अनुमति दिइएको छ। 

जूनदेखि कोभिड–१९ सङ्क्रमणका घटनामा भएको वृद्धिका कारण सरकारले जुलाई १ देखि जुलाई १४ सम्म कडा लकडाउनको घोषणा गरेको थियो। तर सङ्क्रमण दरमा कमी नदेखिएपछि यसलाई विभिन्न चरणमा गरेर अगष्ट १० सम्मका लागि लागु गरिएको थियो।

बंगलादेश सरकारले बुधबार चीनबाट सिनोफर्म कोभिड–१९ विरूद्धको खोपको ताजा परिणाम समूह खरीद गर्न अनुमति दिएको छ भने देशव्यापी बृहत् खोप अभियान सुरु गरिएको छ।

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्