उपत्यकामा कोरोना : झन्डै ३ लाख संक्रमित, मृत्यु हुनेकाे संख्या ३ हजार नाघ्याे
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं, साउन २८ : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिनयता उपत्यकामा १ हजारको संख्या वरिपरि संक्रमित थपिइरहेका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै ८ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ९२ जना संक्रमित थपिएका छन्।
यसअघि बुधबार ९ सय ६४, मंगलबार १ हजार १ सय ९६, सोमबार ९ सय ५९, आइतबार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय २६ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ८ हजार १ सय १०, ललितपुरमा १ हजार ८ सय ८७ र भक्तपुरमा १ हजार ३ सय २९ जना छन्।
हालसम्म काठमाडौं उपत्यकामा २ लाख ९३ हजार ८ सय ११ जना संक्रमित भइसकेका छन्। जसमध्ये काठमाडौंमा २ लाख २४ हजार ९ सय ६६, ललितपुरमा ४३ हजार १ सय ९ र भक्तपुरमा २५ हजार ७ सय ३६ जना छन्।
काठमाडौंमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १७ जनाको मृत्यु भइसकेको छ। जसमध्ये काठमाडौंमा २ हजार १, ललितपुरमा ६ सय १९ र भक्तपुरमा ३ सय ९८ जना छन्।




-1789386172.jpg)






-1789386172.jpg)