कोरोनाबाट मृत्यु हुने ललितपुर महानगरवासीका परिवारलाई १ लाख २० हजार रुपैयाँ राहत
ललितपुर, साउन २८ : ललितपुर महानगरपालिकाले कोरोना संक्रमण भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने विषयलाई...
ललितपुर, साउन २८ : ललितपुर महानगरपालिकाले कोरोना संक्रमण भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने विषयलाई थप स्पष्ट पारेको छ।
‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको बुझिएकाले थप स्पष्टताका लागि भन्दै महानगरले बिहीबार सूचना नै जारी गरेको छ।
‘कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्यत्र मृत्यु हुने वा कोरोना संक्रमित व्यक्ति संक्रमणमुक्त भई कोरोना नेगेटिभ देखिएको तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएमा निजको परिवारलाई राहतबापत प्रतिमृतक १ लाख २० हजार रुपैयाँ,’ राहतसम्बन्धी प्रावधान भन्दै सूचनामा उल्लेख गरिएको छ।
कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आसियु वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहतबापत ६० हजार रुपैयाँ उपलब्ध गराउने पनि सूचनामा उल्लेख छ।
संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने,
उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्ने तर कोरोना संक्रमण भएर पनि अस्पताल भर्ना नभएकाहरुले यो सुविधा नपाउने सूचनामा उल्लेख छ।
२०७७ साउन १ गतेयता कोरोना संक्रमित भएका स्थायी नागरिकले मात्रै यो सुविधा प्राप्त गर्न सकिने उल्लेख छ। उपचार तथा राहत सहयोग प्राप्त गर्न २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र र सोही मितिपश्चात मृत्यु भएकाको हकमा पनि ६० दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको गरिएको सूचनामा उल्लेख छ।
कोभिड पोजेटिभ भएको पिसिआर रिपोर्ट, संक्रमित स्थायी बासिन्दा भएको प्माण, अस्पताल भर्ना तथा डिस्चार्ज भएको खुलाउने कागजात, मृतकको हकमा अस्पताल र वडाले उपलब्ध गराउने मृत्यु प्रमाणपत्र, मृतकसँगको नाता प्रमाण, होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा पुष्टि हुने कागजात पेस गरेर राहत तथा सहयोगका लागि दाबी गर्न सकिने सूचनामा उल्लेख छ।





-1789386172.jpg)






-1789386172.jpg)