Kathmandu Press

अफगानिस्तानको प्रान्तीय राजधानी गजनी पनि तालिवानको नियन्त्रणमा

काबुल, साउन २८ : विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने...
अफगानिस्तानको प्रान्तीय राजधानी गजनी पनि तालिवानको नियन्त्रणमा

काबुल, साउन २८ : विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । 

रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी घाज्नी सहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन्।  

घटनास्थल राजधानी काबुलदेखि १ सय ५० किलोमिटर टाढा पर्दछ। योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन्। 

Hardik ivf

पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् ।

‘लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्,’ एक अधिकारीले पत्रकारसँग भने । उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भिडन्त भइरहेको छ।

सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउँदै गएको छ। विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन्।  

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो। तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन्।

अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन्। 

यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन्। बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, साउन २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्