Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री केसी- सशस्त्र विद्रोहका कमिसारदेखि प्रदेश सरकार प्रमुखसम्म

रोल्पाको कोटगाउँ गाविस (हाल रोल्पा नपा ६ ज्युबाङ)मा १० माघ ०२७ मा जन्मेका केसी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका हुन् । ०४३ सालमा तत्कालीन मसालको विद्यार्थी संगठन अनेरास्ववियू (छैटौँ) मा आबद्ध भई उनी राजनीतिमा आएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री केसी- सशस्त्र विद्रोहका कमिसारदेखि प्रदेश सरकार प्रमुखसम्म

काठमाडौं, साउन २८ : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ रोल्पा ‘क’बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

रोल्पाको कोटगाउँ गाविस (हाल रोल्पा नपा ६ ज्युबाङ)मा १० माघ ०२७ मा जन्मेका केसी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका हुन् । ०४३ सालमा तत्कालीन मसालको विद्यार्थी संगठन अनेरास्ववियू (छैटौँ) मा आबद्ध भई उनी राजनीतिमा आएका हुन् ।

बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि ०४६–४७ मा उनी महेन्द्र बहुमुखी क्याम्पस, दाङमा अध्ययनरत थिए । र, अनेरास्ववियू (छैटौँ) दाङको जिल्ला सचिव थिए । ०४७ सालमै उनले मसालको पार्टी सदस्यता प्राप्त गरेका थिए ।

माओवादीको सशस्त्र विद्रोह सुरु भएपछि उनी त्यतै आबद्ध भए । माओवादीको दोस्रो जिल्ला सम्मेलनबाट उनी जिल्ला कमिटी सदस्य बनेका थिए । ०५५ सालमा दाङ, सल्यान र प्युठानको संयुक्त जिल्ला समिति सेक्रेटरीको जिम्मेवारी पाएका थिए ।

०५६ सालमा उनलाई माओवादी जनमुक्ति सेनाको भेरी–कर्णाली डिभिजन कमिसार बनाइयो । ०५७ सालमा माओवादी केन्द्रीय सदस्य निर्वाचित भए । ०६० सालमा भारत लखनउमा पक्राउ परेर तीनवर्षे जेल जीवन बिताए ।

पार्टी विभाजनपछि उनी मोहन वैद्य नेतृत्वको पार्टीमा आबद्ध भए । र, ०७३ सालमा माओवादी केन्द्रमा फर्किए । एमाले र माओवादी केन्द्रको एकतापछि लुम्बिनी प्रदेश सरकारमा उनी नेकपा संसदीय दलका उपनेता तथा कानून मन्त्री बनेका थिए । नेकपा विभाजनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्