कमला नदीमा फसेका ९ जनालाई एपीएफले गर्यो उद्दार
महोत्तरी, असार २७ : सशस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरीको महोत्तरी २ नम्बर....

महोत्तरी, असार २७ : सशस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरीको महोत्तरी २ नम्बर बाहिनीबाट परिचालित क्षेत्रीय विपद् व्यवस्थापन टोलीले शनिबार बिहान धनुषाको सहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्दार गरेको हो।
टोलीले सहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका–७, हसमुढास्थित कमला नदीबीचमा फसेका चार जना गरी ९ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
टोलीले महोत्तरी बर्दिबास नगरपालिका–१ बजार क्षेत्रस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा कटान गरेकोमा पानीलाई पूर्ववत फर्काएर कटान नियन्त्रण पनि गरेको छ।











