Kathmandu Press

अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

काबुल, साउन २८ : अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन्। सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन्।  

‘हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएका छन्,’ रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। 

घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकुले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन्।     

त्यसैगरी बल्ख प्रान्तमा पनि अरु २७ लडाकू मारिनुका साथै चार घाइते भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 

त्यसैगरी हेरात प्रान्तमा पनि २१ तालिवान लडाकू सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् । 

तालिवान लडाकूले देशका विभिन्न क्षेत्रमा हिंसात्मक क्रियाकलाप बढाएका छन् भने सरकारी सुरक्षाकर्मीले पनि त्यसका जवाफी सुरक्षा कारबाही चलाएका छन्। 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्