Kathmandu Press

हिमाञ्चल प्रदेशमा पहिरो : १० जनाको मृत्यु, ६० जना पुरिएको आशंका

सिम्ला, साउन २८ : भारतकाे हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पहिरोमा कम्तीमा ६० जना पुरिएको आशङ्का...
हिमाञ्चल प्रदेशमा पहिरो : १० जनाको मृत्यु, ६० जना पुरिएको आशंका

सिम्ला, साउन २८ : भारतकाे हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पहिरोमा कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ।

करिब २५ यात्रु बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा (आइटिबिपी) ले आशङ्का गरेको छ। ‘घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,’ आइटिबिपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख छ। 

हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।
    
हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढुंगा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन्। 

टेलिभिजन च्यानलमा एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ।

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्