मेडिकल शिक्षाका लागि पुनः प्रवेश परीक्षा लिई स्वदेशमै पढ्ने वातावरण मिलाउन माग
काठमाडौं, साउन २८ : पाँच विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले मेडिकल र पारामेडिकल अध्ययनका लागि पुनः प्रवेश परीक्षा लिई विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने...
काठमाडौं, साउन २८ : पाँच विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले मेडिकल र पारामेडिकल अध्ययनका लागि पुनः प्रवेश परीक्षा लिई विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण मिलाउन माग गरेका छन्।
बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा बिहीबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एमाले (माधवकुमार नेपाल समूह) निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंको संयुक्त बैठकले त्यस्तो माग गरेका हुन्।
‘आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट निर्धारित कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थितिबाट झन्झट र तनाव थपिने, नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण सिर्जना हुने विद्यार्थी संगठनको ठहर छ ।भएकाले तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्दछौं,’ बैठकपछि जारी वित्रप्तिमा उल्लेख छ।
उनीहरूले मध्यमपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई बर्खास्त गर्न गर्न पनि माग गरेका छन्। खुला प्रतिस्पर्धाका आधारमा नयाँ उपकुलपति नियुक्त गर्नुपर्ने तर राजनीतिक भागबन्डा स्वीकार्य नहुने पनि बताएका छन्।
बैठकले इन्जियरिङ क्याम्पसहरूमा शुल्कवृद्धिविरुद्ध भइरहेका आन्दोलनहरुमा ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न पनि उनीहरुले माग गरेका छन्।
सीटीईभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इन्जिनियरिङ, मेडिकल र वाणिज्य विषयका कोटा थप गर्नुपर्ने, कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृत्ति कार्यविधि बनाई सहज तरिकाले उपलब्ध गराउनुपर्ने माग पाँच विद्यार्थी संगठनले गरेका छन्।





-1789386172.jpg)






-1789386172.jpg)