Kathmandu Press

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ नियुक्त भएका छन्।
लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, साउन २८ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ नियुक्त भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदसहितको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव छल्दै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त सरकार गठनका लागि बुधबार आह्वान गरेका थिए ।

सोहीअनुसार बिहीबार बिहान गठबन्धन दलहरूले केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दाबी प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्