Kathmandu Press

सरकारसँग एक लाख ७३ हजार डोज कोभिड खोप मौज्दात

सरकारसँग अहिले एक लाख ७३ हजार डोज कोभिड-१९ खोप मौज्दात छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उक्त जानकारी दिएका हुन्।
सरकारसँग एक लाख ७३ हजार डोज कोभिड खोप मौज्दात

काठमाडौं, साउन २८ : सरकारसँग अहिले एक लाख ७३ हजार डोज कोभिड-१९ खोप मौज्दात छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रदेश र जिल्लामा २० लाख ७१ हजार डोज खोप मौज्दात छ । 

त्यसमध्ये भेरोसेल करिब नौ लाख, एस्ट्राजेनेका करिब ११ लाख ५० हजार र जान्सिन करिब २१ हजार डोज मौज्दात छ ।

यस्तै, केन्द्रीय भण्डारमा एस्ट्राजेनेका एक लाख ६१ हजार र जान्सिन १२ हजार डोज मौज्दात रहेको जानकारी राज्यमन्त्री श्रेष्ठले दिए ।

उनका हालसम्म एक करोड ८ लाख ६० हजार १७० डोज खोप प्राप्त भएको छ । र, आउने प्रक्रियामा ३ करोड ३६ लाख ७१ हजार ९५० डोज छ । त्यसमध्ये असोज मसान्तसम्ममा एक करोड दुई लाख डोज प्राप्त हुने उनले दिनलाई जानकारी दिए । उनका अनुसार माघसम्ममा ५ करोड २३ लाख डोज खोप आपूर्ति हुने अनुमान छ ।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्