५ महिनामा एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण संसदमा प्रस्तुत गरेका छन् ।
काठमाडौं, साउन २८ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण संसदमा प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै राज्यमन्त्री श्रेष्ठले तीमध्ये करिब ३८ हजारलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने आकलन रहेको बताए । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई आईसीयू आवश्यक पर्ने प्रक्षेपणका आधारमा कार्ययोजना तयार गरिएको श्रेष्ठले जानकारी दिए ।
हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको उनले जानकारी दिए ।
प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789386172.jpg)






-1789386172.jpg)