Kathmandu Press

कोभिड बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने योजना  छः राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ का बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने योजनामा सरकारले काम गरिरहेको जानकारी दिएका छन्।
कोभिड बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने योजना  छः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन २८ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ का बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने योजनामा सरकारले काम गरिरहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा समय लिएर बोल्दै राज्यमन्त्री श्रेष्ठले कोभिड बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने योजना रहेको जानकारी दिएका हुन् ।

महामारी रोकथाम र नियन्त्रणमा सरकारको सर्वोच्च प्राथमिकता रहेको उनले बताए । अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको उनले जानकारी दिए । उनका अनुसार असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको थियो ।

नयाँ सरकार गठनपछि ७५ लाखलाई खोप लगाइएको उनले बताए । दैनिक डेढ लाखदेखि दुई लाखजनालाई खोप लगाइरहेको उनले जानकारी दिए । असोज मसान्तभित्र भुटानबाट समेत एक करोड आठ लाख डोज खोप प्राप्त हुने उनले बताए ।

३३ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको उनले जानकारी दिए । स्वास्थ्य सेवाको सुधार र विस्तारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गरिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

१५, १६ वटा जिल्लामा बढी संक्रमण भएकाले ती जिल्लामा खोपको विशेष व्यवस्था गरिने उनको भनाइ छ । एक साताको आँकडा हेर्दा संक्रमण दर फेरि बढ्दै गएको देखिने उनले बताए ।

विद्यार्थीहरूलाई किशोर–किशोरी लक्षित फाइजर र मोडर्ना खोप लगाइने उनले जानकारी दिए ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्