बीपी प्रतिष्ठानमा अख्तियारको छापा
काठमाडौं, साउन २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।अख्तियारको केन्द्रीय कार्यालय तथा इटहरीस्थित क्षेत्रीय कार्यालयबाट...
काठमाडौं, साउन २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।
अख्तियारको केन्द्रीय कार्यालय तथा इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।
प्रतिष्ठानमा छापा मार्न अख्तियार केन्द्रबाट पाँचजना धरान पुगेको र इटहरी क्षेत्रीय कार्यालयबाट एकजना खटिएको जनाइएको छ।
प्रतिष्ठानमा अनियमितता बढेको भन्दै शुद्धीकरणको माग राखी त्यहाँका स्वास्थ्यकर्मी तथा कर्मचारी लामो समयदेखि आन्दोलनमा छन्। उनीहरूले भ्रष्टाचारमा संलग्न रहेको भन्दै प्रतिष्ठानका चारैजना पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै आएक छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बिपीको समस्या समाधानार्थ छानबिन गर्न कार्यदल बनाइएको थियो। कार्यदलले स्थलगत रूपमा अध्ययन गरेर तयार पारेको प्रतिविदनले औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति, जग्गा लिजलगायतका धेरै शीर्षकमा व्यापक आर्थिक अनियमितिता बढ्दै गएको र शैक्षिक स्तर भने खस्कँदै गएको निष्कर्ष निकालेको थियो।
आन्दोलनरत पक्षका अनुसार उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी नियुक्त भएयता प्रतिष्ठान अधोगतितर्फ उन्मुख भएको छ।




-1789386172.jpg)






-1789386172.jpg)