Kathmandu Press

चीनमा मातृ मृत्युदर उल्लेखनीयरुपमा घट्यो

बेइजिङ, २८ साउन : चीनमा मातृ मृत्युदर उल्लेखनीयरुपमा घटेको पाइएको छ। चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ।उक्त सरकारी...
चीनमा मातृ मृत्युदर उल्लेखनीयरुपमा घट्यो

बेइजिङ, २८ साउन : चीनमा मातृ मृत्युदर उल्लेखनीयरुपमा घटेको पाइएको छ। चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ।

उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृ मृत्युदर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ।

मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ। यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ।   

यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ।

चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ।

यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो।
 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्