Kathmandu Press

‘देशको उन्नतिका लागि सबै युवा एउटै एजेन्डामा एकाकार होऔं’

काठमाडौं, साउन २८ : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडी...
‘देशको उन्नतिका लागि सबै युवा एउटै एजेन्डामा एकाकार होऔं’

काठमाडौं, साउन २८ : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडी बढाउन सम्पूर्ण लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले युवाहरुको सहभागिता र संलग्नताबेगर भएको संसारको कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिई दिगो हुन नसकेको बताउँदै मुलुकको उन्नतिका लागि युवाहरूलाई एकताबद्ध भई अगाडि बढ्न उनले आह्वान गरेका हुन्।  

‘राष्ट्र राष्ट्रियताको प्राण हो युवाहरु। आर्थिक विकास र समृद्धिको आधारशिलाहरु हुन युवाहरु। लोकतन्त्र र परिवर्तनको संवाहकहरु हुन युवाहरु,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्याय, समानता र समतामूूलक समाजको जग निर्माण गर्ने शक्ति हो युवाहरु। अनाथ असाहय र गरिबहरुको साहारा हो युवाहरु। वर्तमानको साक्षी र भविष्यको मेरुदण्डहरु हुन युवाहरु। इच्छाशक्तिले भरिपुर्ण अथाह जोस र जाँगरले सिञ्चित प्रवृत्ति साहसिक व्यक्तिहरु हो युवाहरु ।’

युवाहरूलाई विचार, सिद्धान्त र दृष्टिकोणले परिपक्क मानिस भएको उल्लेख गर्दै उनले  असिन आँट र हिम्मतको खानी, विकसित प्रविधिको खोज अनुसन्धान र परिक्षण गर्न योग्य बौद्धिक जमात तथा शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, खेलकुद कलाकारिता, उद्योग अनि उद्धम मार्फत नेपाली समाजलाई नयाँ उचाईमा पुर्याउने ताकत राख्नेहरु व्यक्ति नै युवा भएको उल्लेख गरेका छन्।

आफूूलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपाल राष्ट्रको पहिचानलाई अण्क्षुण राख्दै नेपाल र नेपालीलाई बीरताको गाँथाको रुपमा चिनाउने, ज्ञान, शिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरी हाम्रो सामु खडा समस्याहरु संग जुध्न सक्ने सामथ्र्य राख्नेहरु सबै युवा नै भएको बताउँदै उनले विश्व युवा दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समिति नेपालका तर्फबाट अध्यक्ष बस्नेतले संसारभर बसेका युवाहरुमा अन्तराष्ट्रिय युवा दिवस २०२१ को शुभकामना दिएका हुन्।

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्