Kathmandu Press

सुनको मूल्यमा ६ सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं, साउन २८ : आज (बिहीबार) छापावाल सुनको मूल्यमा ६ सय रुपैयाँ वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८९...
सुनको मूल्यमा ६ सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं, साउन २८ : आज (बिहीबार) छापावाल सुनको मूल्यमा ६ सय रुपैयाँ वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सुनको मूल्यमा गिरावट आए पनि आज ६ सय रपैयाँले बढेको हो। 

तेजाबी सुनको मूल्य प्रतितोला भने ८८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार पनि यही मूल्य कायम थियो।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्