Kathmandu Press

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

सुनसरी, असार २८ :  लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ।

एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने शनिबार अपर....

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

सुनसरी, असार २८ :  लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ।

एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने शनिबार अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। 
 
अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार  जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। रासस

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, असार २८, २०७६