आज राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन नपाइने
काठमाडौं, साउन २८ : कोभिड-१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने...
काठमाडौं, साउन २८ : कोभिड-१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ। अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिनेछ। अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुनेछ। पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ। अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअल रूपमा मात्रै गर्ने निर्णय गरेको थियो।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो। उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो।
अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ।





-1789386172.jpg)





