जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते

सुर्खेत, साउन २८ : जुम्लाको चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।
आज बिहान करिब ४ बजेतिर भालुको आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएका हुन्।
हेमराजलाई बिहान धारामा नुहाउन गएका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएकाे छ। घाइते हेमराज दम्पत्तीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
घाइते निर्मला रोकायाको अनुहारमा अनि हेमराज रोकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ। अहिले उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789386172.jpg)





