Kathmandu Press

लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै, गठबन्धनले प्रदेश प्रमुखलाई बुझायो ४२ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गरेको छ।
लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै, गठबन्धनले प्रदेश प्रमुखलाई बुझायो ४२ सांसदको हस्ताक्षर

काठमाडौं, साउन २८ : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चासहितको गठबन्धनले बिहीबार बिहान दाबी पेश गरेको हो ।

गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । चारवटै दलका संसदीय दलका नेता, दलको निर्णय र सिफारिस बुझाइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

लुम्बिनीमा कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । गठबन्धनमा हृदयेश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही पनि सामेल भएका छन् । र, नयाँ सरकारका लागि ४२ सांसदको बहुमत जुटेको छ ।

केसीले बिहीबार नै मुख्यमन्त्रीको शपथ ग्रहण गर्नेछन् । त्यससँगै चारजनाको मन्त्रिमण्डलले सपथ ग्रहण गर्ने योजना रहेको गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्