Kathmandu Press

सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमाः अनिल झा

काठमाडौं, असार २८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एव‌ं प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताक....

सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमाः अनिल झा

काठमाडौं, असार २८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एव‌ं प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन्। 

अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन। अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नका लागि अनुरोध गरेको छु। भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो। हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ। भारतलाई सरापेर हुँदैन।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले लगातारको वर्षाका कारण बाढी, पहिरोबाट पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ। बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाइतेहरुलाई पनि उपचार गराउनुपर्छ।’ 

फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए। उनले इस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे। 
 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्