Kathmandu Press

परीक्षा तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप लगाइने

काठमाडौं, साउन २८ : परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत...
परीक्षा तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप लगाइने

काठमाडौं, साउन २८ : परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।

त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको हो। विश्वविद्यालयका २० वर्षभन्दा माथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ जनाएका छन्।

उनका अनुसार, परीक्षा दिने तयारीमा रहेका विश्वविद्यालयका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको छ।

पाँच विद्यार्थी सङ्गठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए।

विद्यार्थी संगठनको माग अनुसार विद्यार्थीलाई खोप लगाउने निर्णय गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्। पहिलो चरणमा विश्वविद्यालयको परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप लगाइनेछ। त्यसपछि अन्य विद्यार्थीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०६:२० बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्