Kathmandu Press

एमसिसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख सापकोटा

काठमाडौं, साउन २७ : सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताएका छन्। सिंहदरबारस्थित आफ्नो...
एमसिसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख सापकोटा

काठमाडौं, साउन २७ : सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गरे। 

उनले, ‘दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ, कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय सहमति हुनुपर्छ, यस विषयमा गठबन्धन सरकारले गम्भीरतापूर्ण सोच्ने विषय हो।’ सदनलाई प्रभावकारीरूपमा अघि बढाउन मन्त्रिपरिषद्को विस्तारपछि अनुभवका आधारमा सर्वदलीय बैठक गर्ने सोचाइ राखिएको जानकारी दिँदै सभामुख सापकोटाले सदनलाई विजनेश दिलाउन गृहकार्य गर्ने सन्दर्भमा सरकार र राजनीति दलका प्रतिनिधिसँग छलफललाई घनिभूत तुल्याइरहेको बताए। 

जनताले लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न परिवर्तनकारी दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक रहेको बताउँदै उनले उपसभामुखको चयन छिटो हुनुपर्छ भनी कुरा चलाउँदै आएको उल्लेख गरे।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्