खोपकेन्द्र १६ हजार पुर्याउने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ विरुद्ध खोप लगाउन खोपकेन्द्रको संख्या १६ हजार पुर्याउने लक्ष्य सार्वजनिक गरेका छन्।
काठमाडौं, साउन २७ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ विरुद्ध खोप लगाउन खोपकेन्द्रको संख्या १६ हजार पुर्याउने लक्ष्य सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत राज्यमन्त्री श्रेष्ठले सरकारको लक्ष्य सार्वजनिक गरेका हुन्। हाल देशभर चार हजार चार सय २२ वटा केन्द्रमार्फत खोप वितरण भइरहेको छ
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा खोपको आपूर्ति बढाउने र खोपकेन्द्र थप्ने विषयमा छलफल भएको राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन्। सरकारले आगामी चैतसम्ममा सम्पूर्ण नेपालीलाई कोभिड-१९ विरुद्ध खोप लगाइसक्ने सरकारले घोषणा गरेको छ।
‘नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल भयो। निजी क्षेत्रका गतिविधि निर्वाध सञ्चालनका लागि कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो र सर्वसुलभ वितरणका लागि भइरहेका व्यवस्थाबारे उहाँहरूले चासो राख्नुभएको छ,’ राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने सरकारको प्रतिवद्धता दोहोर्याउँदै खोपको उपलब्धतासँगै खोप केन्द्रको संख्या थप गर्नेबारे बताएको छु। अहिले ४,४२२ खोपकेन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोपकेन्द्रबाट कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने योजना छ।’





-1789386172.jpg)





