Kathmandu Press

जनसंख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा. महत

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन्। आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस...
जनसंख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा. महत

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन्। 

आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा. महतले भने, ‘नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ।’ 

सहमहामन्त्री डा. महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताए। उनले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए। 

सहमहामन्त्री डा. महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए। उनले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायत देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गरे। 

‘नेकपाको सरकारको गैरजिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको हो,’ उनले भने, ‘यो सरकारले जनताको हितमा काम गर्छ।’

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्