Kathmandu Press

महाधिवेशनको विकल्प छैन : नेता केसी

काठमाडौं, साउन २७ : कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौं महाधिवेशनको विकल्प नरहेको बताएका छन्।नेपाल प्रेस युनियन चितवनले बुधबार यहाँ आयोजना गरेको पत्रकार...
महाधिवेशनको विकल्प छैन : नेता केसी

काठमाडौं, साउन २७ : कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौं महाधिवेशनको विकल्प नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए।

‘अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन सक्दैन,’ उनले भने, ‘कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्छ।’

क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै उनले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताए। कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उनको भनाइ थियो। एमसिसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने केसीको सुझाव थियो।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्