प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, साउन २७ : त्रिभुवन विश्वविद्यालयलगायत अन्य विभिन्न विश्वविद्यालयका विभिन्न तहका परीक्षामा सम्मिलित विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप पाउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो निर्णय गरेपछि विद्यार्थीहरूले...
काठमाडौं, साउन २७ : त्रिभुवन विश्वविद्यालयलगायत अन्य विभिन्न विश्वविद्यालयका विभिन्न तहका परीक्षामा सम्मिलित विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो निर्णय गरेपछि विद्यार्थीहरूले खोप पाउने भएका हुन्।
बुधबार बसेको सचिवस्तरीय बैठकले सो निर्णय गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए।
निर्देशक पोखरेलले बुधबार नै सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ।
विद्यार्थीका प्रवेशपत्रका आधारमा जिल्ला खोप समन्वय तथा अनुगमन समितिले खोप केन्द्रबाट वा कुनै मिति तय गरेर कोरोनाविरुद्धको खोप दिन व्यवस्था मिलाउन अनुरोध गरिएको पत्रमा उल्लेख छ।
विद्यार्थीलाई अस्ट्राजेनेका र भेरोसेलको खोप दिन भनिएको छ।
केही दिनअघि मात्र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए।






-1789386172.jpg)





