Kathmandu Press

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न बिहीबार तीन बजेसम्मको समय (पत्रसहित)

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार अपराह्न तीन बजेसम्मको समय दिएका छन् ।
लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न बिहीबार तीन बजेसम्मको समय (पत्रसहित)

काठमाडौं, साउन २७ : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार अपराह्न तीन बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् ।

लुम्बिनी प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्र १८ (सभामुखसहित), जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सांसद छन्। यस्तै, मुख्यमन्त्री पोखरेको पार्टी एमालेका ३८ सांसद छन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित सरकार बनाउन ४१ सांसद आवश्यक हुन्छन् ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्