Kathmandu Press

वर्षाका कारण झापामा २०२ घर डुबानमा

दमक, असार २८ : बिहीबारदेखि परिरहेको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन्। वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापि....

वर्षाका कारण झापामा २०२ घर डुबानमा

दमक, असार २८ : बिहीबारदेखि परिरहेको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन्। वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन्।

खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन्। घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ।

कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपविार विस्थापित भएर आफन्तकामा आश्रयमा रहेका रेडक्रसका सभापति लोकराज ढकालले बताए।

मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन्। शारीरिक रुपमा अपाङ्गता भएका उहाँलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो। मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन्। 

शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ। कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानी लगायतका नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ।

प्रकाशित मिति: १३:४५ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्