सिनर्जी पावरको १५औं साधारणसभा भदौ १८ गते हुने

काठमाडौं, साउन २७ : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १५औं वार्षिक साधारणसभा भदौ १८ गते शुक्रबार हुने भएको छ।
सञ्चालक समितिको मंगलबार बसेको १०५औं बैठकले काठमाडौंको बालुवाटास्थित कम्पनी रजिस्टार्डको कार्यालयबाट बिहान ११ बजेदेखि भर्चुअल रुपमा साधारणसभा गर्ने जनाइएको छ।
साधारणसभा गर्ने प्रयोजनका लागि भदौ ४ देखि १८ गतेसम्म सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णयसमेत भएको कम्पनी सचिव ध्रुवराज शर्माले जानकारी दिए।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)



-1789453539.jpg)
