लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित
बुटवल, साउन २७ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारीपछि प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको हो...
बुटवल, साउन २७ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारीपछि प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको हो ।
बुधबार दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो।
विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो। सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएसँगै विशेष अधिवेशन सकिएको छ।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789386172.jpg)





