घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंकबीच सम्झौता
काठमाडौं, साउन २७ : लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र...1628674181.jpg)
काठमाडौं, साउन २७ : लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ। लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गरे। सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताए भने बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन्।
महासङ्घ र बैंकबीच भएको सम्झौताअनुसार १० किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिनेछ।






-1789386172.jpg)



-1789453539.jpg)
